पुरानो नारायणी यातायात प्रालिका प्रमूख हिरालाल श्रेष्ठले आश्रमलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानवसेवा आश्रमलाई ५१ हजार रुपैयाँ नगद सहयोग भएकोे छ । पुरानो नारायणी यातायात प्रालिका प्रमूख हिरालाल श्रेष्ठले आश्रममा अश्रित वृद्ववृद्वाहरुको सेवामा थप सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

विभिन्न कार्यक्रम तथा दिवसमा नारायणी यातायातले सहयोग गरिँदै आएकोमा आइतबार पनि सहयोग गरिएको मानवसेवा आश्रम मकवानपुरका अभियान्ता होमनाथ पौडेलले बताउनुभयो । हाल अश्राममा २ सय जना वृद्ववृद्वा अश्रित हुनुहुन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!