हेटौंडाः नेपाल सरकारले बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने भएको छ । चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने भएको हो ।
१५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकालाई टाइफाइड खोप अभियान सञ्चालन गरिदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाद्वाा आयोजित खोप अभियानमा स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, वडा कार्यालयलाई खोप केन्द्र तोकिएको छ । हेटौंडा अस्पतालका बाल स्वास्थ्य विशेषज्ञ राजु सेडाईका अनुसार ज्वरो साल्मोनेला टाइफी र पाराटाईफी “ए”, “बी” तथा “सी” प्रजातिका ब्याक्टेरियाको संक्रमणका कारणले टाइफाइड रोग व्यक्तिमा सर्ने गर्छ । टाइफाइड सबै व्यक्तिमा संक्रमण हुने उहाँले बताउनुभयो । गर्मी महिना लागेपछि टाइफाइडको संक्रमण बढी हुने उहाँले बताउनुभयो । उहाँका अनुसार दुषित खाना तथा दुषित पानिको सेवनले यो रोगको संक्रमण हुने गरेको छ । टाइफाइड संक्रमणका मुख्य लक्षण उच्च मात्रामा ज्वरो आउनु, खान मन नलाग्नु, पेट दुख्ने वान्ता लाग्नु आदि लक्षण देखा पर्ने उँहाले बताउनुभयो । डा. सेडाईले टाइफाइडबाट बच्न नियमित सरसफाई गर्नु पर्ने र शुद्ध पानि तथा खानाको सेवन गर्न सुझाव दिनुभयो ।
सरकारले पहिलो पटक अभियानको रुपमा सञ्चालन गर्न लागेको टाइफाइड खोप अभियानमा सबै बालबालिकालाई खोप लगाउन डा. सेडाईले आग्रह गर्नुभएको छ । टाइफाइड संक्रमणका कारण धेरैको बालबालिकाको ज्यान गएकाले खोप लगाउन उँहाको सुझाब छ । खोप लागाए बापत संक्रमण तथा ज्यान जान बाट जोगिने उहाँको भनाई छ । नेपालमा १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाको संख्या करिब ७५ लाख रहेको तथ्याङ्क छ । टाइफाइड खोप अभियान पश्चात् नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्ने सरकारको कार्यक्रम रहेको छ ।