हेटौंडाः मकवानपुर मुद्रण उद्योग संघको वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन आज सम्पन्न भएको छ । संघका अध्यक्ष अजीव भट्टराईको अध्यक्षता तथा नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय समिति सदस्य ईन्द्र प्रसाद नेपालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोकर्ण सुवेदी, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपानेको पनि आतिथ्य रहेको थियो । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । संघमा ४१ जना सदस्य छन् । साधारणसभामा मुद्रण व्यवसायी र मुद्रण क्षेत्रमा कार्यरत कर्मचारीको पनि सहभागिता रहेको छ ।