रौतहट, भाद्र २६/ रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं. १ को बन्जरहा टोलामा दुई परीवारका तीन जना बालबालिका डुबेर मृत्यु भएको छ । मिरालाल साह कानु की छोरी अन्दाजी वर्ष ७ की सरिता कुमारी साह, बृजनन्दन यादवको छोरी अन्दाजी वर्ष १० की पिन्जल कुमारी यादव र बृजनन्दन यादवकै अर्की छोरी अन्दाजी वर्ष ६ की गुन्जन कुमारी यादवको घटना स्थलमै डुबेर मृत्यु भएको छ ।
दिउँसो माछा मार्न गएको बेला नजिकैको खाल्डामा खसि तिनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तिनै जनाको शव जिल्ला अस्पताल गौरमा पोस्ट मार्टमको लागि पठाइएको र त्यसपछि आफन्तजनलाई बुझाउने कुरा बन्जरहाका प्र.ज. रामदिनेश दासले बताएका छन् ।