रौतहट, भाद्र २६।
जिल्ला एम्बुलेंस समिति रौतहटको विहिवार संपन्न भएको बैठकबाट सञ्चालनमा रहेका एम्बुलेंसहरुको भाड़ा निर्धारण गरेका छन ।
विना दर्ता नवीकरणको एम्बुलेंस सञ्चालन रहेको समाचार आएपछि बसेको बैठकले नवीकरण गराउनु पर्ने निर्देशन जारी गर्दै जिल्ला भरी तथा जिल्ला बाहिर प्रबाह गर्ने सेवा बापट लिनु पर्ने भाड़ा समेत निर्धारण गरेका हुन ।
जिल्ला प्रसाशन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा भएको बैठकबाट ऐसी र नन ऐसी एम्बुलेंसको लागि फरक फरक भाड़ा निर्धारण गरेका हुन । बैठकले गौर नगरपालिका क्षेत्रको ४ सय , राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका क्षेत्रमा ऐसीको ७ सय तथा ऐसी नभएको एम्बुलेंसको ६ सय भाड़ा तोकिएको छन ।
बौधिमाई नगरपालिका अंतर्गत १८ सय र १६ सय ,मौलापुर नगरपालिकाको २ हजार र १९ सय , फतुआ विजयपुर नगरपालिकाको लागि २२ सय र २१ सय ,गुजरा नगरपालिकाको २४ सय र २३ सय कटहरिया नगरपालिका २ हजार र १९ सय ,देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिका अन्तर्गत ऐसी १७ सय र ऐसी नभएको १६ सय ,बृन्दावन नगरपालिका २१ सय र २ हजार , चंद्रपुर नगरपालिका २४ सय र२३ सय ,गढ़ीमाई नगरपालिका १८ सय र १७ सय ,दुर्गाभगवती गाउँपालिका ११ सय र १ हजार र माधवनरायण नगरपालिका अन्तर्गत १८ सय र १७ सय रुपैया भाड़ा निर्धारण गरिएको छ ।
जिल्ला बाहिर गौर देखि निजगढको लागि ऐसीको ३५ सय र ३४ सय , वीरगंज ४५ सय र ४२ सय ,हेटौडा सम्म ५५ सय र ५२ सय , जनकपुर ५५ सय र ५ हजार ,भरतपुरको लागि ९ हजार र ८५ सय ,काठमाण्डौको १२ हजार ५ सय र १२ हजार तथा धरानको १२ हजार र ११ हजार भाड़ा तोकिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी गराएका छन ।
नेपालबाट विदेश भारत जादा गौर देखि सीतामढ़ी सम्म ऐसी भएको एम्बुलेंसको भाड़ा ३५ सय र ऐसी नभएकोलाइ ३ हजार , मोतिहारिको लागि ४५ सय र ४ हजार ,दरभंगा ७ हजार र ६ हजार ,पटना १० हजार र ९ हजार ,मुज्जफरपुर ६ हजार र ५५ सय तथा रक्सौल सम्मको ४७ सय र ४५ सय रुपैया तोकिएको छ ।
बैठकबाट नवीकरण गराउन र दर्ता गराउन तथा तोकिएको भाड़ा लागू गराउन जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालयलाइ निर्देशन समेत दिइएका छन । जिल्लामा ७३ वटा एम्बुलेंस सञ्चालनमा रहेका छन ।