सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा १२ जनाको स्वाब परीक्षण गर्दा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा हाल सक्रिय संक्रमित ३ जना रहेका छन् । सबै सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत छन् ।