Home मुख्य समाचार कांग्रेस बागमती प्रदेशमा १६ जना मनोनित

कांग्रेस बागमती प्रदेशमा १६ जना मनोनित

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले १६ जना सदस्यमा मनोनित गर्नुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिको कार्यालयका मुख्य सचिव राजु नेपालले आइतबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सभापति बानियाँले सदस्यमा मनोनित गरेको जानकारी गराउनुभएको छ ।

सभापति बानियाँले विधानको धारा १३ (६) को झ बमोजिम काठमाडौंबाट हरिहर अधिकारी, गौरी दवाडी, छिरिङ्ग दोर्जे लामा, राजु खरेल र भगवती कुमारी खड्कालाई मनोनयन गर्नु भएको छ । यस्तै सिन्धुपाल्चोकबाट निमा लामा, भक्तपुरबाट कृष्णलाल भँडेल, मकवानपुरबाट सन्तबहादुर प्रजा, रसुवाबाट प्रभात तामाङ्ग, नुवाकोटबाट कल्पना नेपाली, धादिङ्गबाट तिलकप्रसाद रुवाली, नुवाकोटबाट अर्जुन न्यौपाने, चितवनबाट कैलाश कोइराला, दोलखाबाट प्रभुराम श्रेष्ठ र ललितपुरबाट रमेश कुमार बखती र राजेश महर्जनलाई बागमती प्रदेश कार्यसमितिको सदस्यमा मनोनित हुनुभएको छ ।

Exit mobile version