मकवानपुर जिल्लाको फुटबल टिम ।

हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् जारी पुरुष फुटबलको फाइनल खेल आज आइतबार हुँदैछ । हेटौैंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

मकवानपुर समूह ‘ए’को समूह विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने ललितपुर समूह ‘बी’को विजेता बन्दै फाइनल प्रवेश गरेको हो । आइतबारको खेलमा दुबै जिल्लाको टिम जित हात पार्ने योजनासहित मैदानमा उत्रनेछ ।

मकवानपुरले पहिलोे खेलमा नुवाकोटलाई ३–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यस्तै दोस्रो खेलमा सिन्धुलीलाई पनि ३–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा दोलखालाई ५-१ गोल अन्तरले हराउँदै मकवानपुर फाइनल प्रवेश गरेको हो ।

ललितपुरले पहिलो खेलमा चितवनलाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । दोस्रो खेलमा रामेछापलाई ट्राइब्रेकरमा ४–१ गोलअन्तरले हराउँदै ललितपुर सेमिफाइनल प्रवेश गरेको थियो । निर्धारित समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । यस्तै सेमिफाइनल खेलमा धादिङलाई हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो । धादिङलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै ललितपुर फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । नकआउट प्रणालीमा भएको प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाको फुटबल टिमको सहभागिता रहेको थियो ।