हेटौंडाः नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा उमेश बुढाथोकी चयन हुनुभएको छ । शनिबार भएको जिल्ला भेलाबाट बुढाथोकी अध्यक्ष चयन हुनुभएको हो ।
बुढाथोकी तेक्वान्दोका राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ । भेलाले बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा भरतमोहन देवकोटा र संगीता केसी चयन हुनुभएको छ । यस्तै सचिवमा दिपेश कार्की र सह–सचिवमा रेनु लामा र भुरेन्द्र थापा मगर र कोषाध्यक्षमा बादल लामा चयन हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर खेलकुद विकास समितिका पूर्व अध्यक्ष माधव तिमल्सिना, खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष दीपेन्द्र ढकाल लगायतको आतिथ्य रहेको थियो ।