नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको नवौं जिल्ला सम्मेलन शनिबार भएको छ। नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष मोहनप्रसाद शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो। कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेको बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो। जिल्ला सम्मेलनले नयाँ समिति चयन गर्ने छ।