हेटौंडाः चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुर र काभ्रे सेमिफाइनल प्रवेश गरेको छ । बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् शुक्रबार भएको क्रिकेटको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ । भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । काभ्रेले १२.५ ओभरमै २ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १५८ रनको लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रनमात्रै बनाएको खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो ।
पुरुष क्रिकेटअन्तर्गत् शनिबार दुई खेल हुनेछ । पहिलो खेल धादिङ र काठमाडौं तथा दोस्रो खेल नुवाकोट र चितवनबीच हुने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन ।