सम्मान कार्यक्रम पश्चात सामुहिक तस्बिर ।

हेटौंडाः नेपाल तामाङ घेदुङ मकवानपुरले संघीय समिति निर्वाचनबाट संघीय (केन्द्रीय) सदस्यमा निर्वाचित मकवानपुरका ३ जनालाई शुक्रबार एक कार्यक्रमबिच सम्मान गरेको छ । मकवानपुरबाट संघिय सदस्यमा निवार्चित भएका मेम्बर लो, लक्ष्मि पाख्रिन र सुवास सिन्तानलाई हेटौंडामा घेदुङ मकवानपुरले सम्मानित गरिएको हो ।

कार्यक्रममा घेदुङ बागमती प्रदेश समिति अध्यक्ष लिला कुमार घलानले विजयी ३ जनालाई सम्मान पत्रसहित सम्मानित गरेका हुन् । कार्यक्रममा घेदुङका पूर्व केन्द्रीय सदस्य सुनिल मोक्तान, घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, नगर समितिका अध्यक्ष भिमलाल सिन्तान, सचिव सुवास घिसिङ, हेटौंडा–१५ वडा समितिका अध्यक्ष विशाल लामालगायतको उपस्थिति रहेको थियो । घेदुङ जिल्ला समितिका कार्यवाहक अध्यक्ष कालु घलानको अध्यक्षतामा कार्यक्रम भएको हो । भर्खरै काठमाडौंमा सम्पन्न घेदुङको नवौं महाधिवेशनबाट मकवानपुरका एक महिलासहित ३ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।