हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुलाई ३ दिने नेतृत्व क्षमता विकास तालिम शुक्रबार सुरु देखि भएको छ । युवा परिसद् मकवानपुरको आयोजनामा हेटौंंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा स्तरीय युवा क्लबका ६० जना पदाधिकारी र सदस्यहरु तालिममा सहभागि रहेको छ ।
कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरमा अध्यक्ष्य शिवहरी दाहालको सभाअध्यक्ष्य तथा बागमति प्रदेशका पुर्व मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्धघाटन भएको हो । कार्यक्रममा बागमति प्रदेशको पुर्व सामाजिक विकास मन्त्री जुनेली मायाका उपस्थिति रहेसंगै हेटौंडा उपमहानगरपालिकाका ४, ३, ७, १० नम्ब्र वडाका वडा अध्यक्ष्य तथा वडा स्तरीय यृवा क्लबका अध्यक्ष्य, सचिव, कोषअध्यक्ष्यको उपस्थित रहेको थियो । रिपेश दाहाल र किसन घिसिङले प्रशिक्षण तालिम दिईरहनु भएको छ । तालिम ६ गते सम्म सञ्चालन हुने छ ।