हेटौंडाः हेटौंडा २ स्थित बुद्धचोकमा सञ्चालन गरिएको कोभिड १९ विरुद्धको विशेष खोप अभियानमा २ हजार ६ सय ६४ जनाले कोभिड विरुद्ध खोप लगाएका छन् ।
फागुन ११ गते देखि फागुन ३० गते सम्मको खोप अभियानमा १ हजार २ सय ३३ जना महिला र १ हजार ४ सय ३१ जना पुरुषले कोभिड १९ विरुद्ध खोप लगाएका छन् । १ हजार ८ सय ३४ जनाले एम्एट्रामेनिगा, २ सय ३९ जनाले जोनसोन एण्ड जोनसोन लगाएका छन् भने २ सय ९३ जनाले भेरोसेल २ सय १९ जनाले मोडर्ना र ८७ जनाले कोभिडसील्ड लगाएका छन् । कोभिड खोप व्यवस्थापन समिति मकवानपुरको, हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य कार्यलय मकवानपुर, पुरानो नारायणीयातायात कम्पनि प्रालि मकवानपुर,जेनेरल वेलफेर प्रतिष्ठान काठमाण्डौ, राडो नेपाल र एसोसेसन निजि स्वास्थ्य संस्था मकवानपुर नेपालले विशेष खोप अभियानको आयोजना गरेको हो ।