Home मुख्य समाचार ईलाका प्रहरी कार्यालय ठिंगनको भवन उद्घाटन

ईलाका प्रहरी कार्यालय ठिंगनको भवन उद्घाटन

नवनिर्मित भवनको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनाल ।


हेटौंडाः बकैया गाउँपालिका वडा नम्बर १२ स्थितमा रहेको ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका मन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र बागमती प्रदेश प्रहरी कार्यालयको समन्वयमा दुई करोड २३ लाख ४३ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्की, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, जिल्ला सुरक्षा समितिका पधाधिकारी, पत्रकार, स्थानिय वडाअध्यक्ष, स्थानिय बासिन्दा लगायतको उपस्थिति थियो ।

Exit mobile version