हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले वर्ष २०२१ मा ३ हजार ७ सय ५३ जनाको निशुल्क आँखाको शल्यक्रिया गरेको छ ।
विभिन्न ठाउँमा ५ सय ७ वटा निशुल्क आँखा शिविर सञ्चालन गरी ७३ हजार ८ सय ८९ जनाको मोति विन्दु परीक्षण गरिएको थियो । जसमा ३ हजार ७ सय ५३ जनाको शल्यक्रिया गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालमा प्रमुख सुधिर श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालले वर्ष २०२२ मा १५ वटा निशुल्क आँखा शिविर सञ्चालन गरी अहिले सम्म ३ सय जनाको आँखाको शल्यक्रिया गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । सामुदायिक आँखा अस्पतालले दैनिक रुपमा निशुल्क शिविर सञ्चालन गरी निशुल्क उपचार गर्दै आएको छ ।
यस्तै बारा पर्सा मकवानपुरको सुकौरा गाउँपालिका, बागमति गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ८० जनाको मोति विन्दु परीक्षणमा ७२ जनाको मंगलबार शल्यक्रिया समपन्न भएको छ । मकवानपुरको बागमति गाउँपालिका सोनु झुलुनको शल्यक्रिया भए पश्चात् दुबै आँखा देखिएको उँहाले बताउनु भयो र आँखा अस्पतालले निशुल्क उपचार गरिदिएकाले विपन्न परिवारलाई सहयोग भएको उँहाले बताउनु भयो ।
