Home खेलकुद महिला क्रिकेटमा काठमाडौको विजय सुरुवात

महिला क्रिकेटमा काठमाडौको विजय सुरुवात

तस्बिरः गुगल ।


हेटौंडाः चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेट खेलतर्फ पहिलो खेलमा काठमाडौं विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७।३ आभेर खेलेर ४१ रन बनाएको थियो । काठमाडौंले विकेट नगुमाई २।३ ओभर ट्रागेट पुरा गरि विजयी भएको हो ।

त्यस्तै दोस्रो खेल काठमाडौं र चितवनबीच भएको थियो । टस जितेर चितवनले बलिङ रोजेको थियो । काठमाडौंले २ विकेट गुमाएर १८३ रन बनाउदैं चितवनलाई विशाल लक्ष्य दिएको थियो । चितवनले सबै विकेटको क्षति व्यहोर्दै १७।१ ओभरमा ६१ रन बनाएको थियो । मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ । महिला क्रिकेट तर्फ तीन जिल्लाले मात्र सहभागिता जनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पुरुष तर्फको खेल भने चैत्र २ गतेबाट हुनेछ । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।

Exit mobile version