hen

हेटौंडाः मकवानपुरमा ब्लर्ड फ्लु भेटिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा लिला थिङले गर्नुभएको कुखुरा पालनमा ब्लर्ड फ्लु भेटिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका निमित्त प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिनुभयो ।


उहाँका अनुसार टर्की र लोकल कुखुरामा ब्लर्ड फ्लु देखिएको छ । उहाँले भन्नुभयो, “गर्मी समयमा ब्लर्ड फ्लु देखिन्छ । अन्य क्षेत्रमा पनि ब्लर्ड फ्लु फैलिन नदिन जुन स्थानमा संक्रमण देखियो त्यही नष्ट गर्नुपर्छ । हामी त्यस क्षेत्रका कुखुरा, टर्की, परेवा सबै नष्ट गर्छौ ।” नेपालका विभिन्न ठाउँमा ब्लर्ड फ्लु देखिएकोले सबै सचेत हुनु जरुरी रहेको उहाँको भनाई छ ।

कुखुरा पालक लिला थिङले जम्मा ६१ वटा विभिन्न प्रजातीका कुखुराहरु पालन गर्नुभएको छ । कुखुरा पालक थिङको ४३ वटा टर्की, १८ वटा लोकल कुखुरा २० वटा बोइलर कुखुरा र २० वटा परेवा रहेका छन् ।