सम्पर्क मञ्चमा निर्वाचितहरु सपथ ग्रहण गर्दै ।

हेटौंडाः विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका मकवानपुरेले गठन गरेको नेकपा एमाले मकवानपुर–काठमाडौं सम्पर्क मञ्चको १२ औं अधिवेशन भएको छ । फागुन २१ गते भएको अधिवेशनले सुशील मोक्तानको अध्यक्षतामा ३९ सदस्यीय मञ्च गठन गरेको हो । निर्वाचित पदाधिकारी तथा सदस्यले शनिबार सपथ ग्रहण गरेका छन् ।

मञ्चको उपाध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं र गोमा कुमारी महत, सचिवमा चित्र पुलामी, उप–सचिवमा महेन्द्र बहादुर थिङ, उपसचिवमा सृष्टि ब्लोन तथा कोषाध्यक्षमा श्रीकृष्ण गमाल चयन हुनुभएको छ । नेकपा एमाले स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भएको भेलामा केन्द्रिय सदस्य हरु रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, भारती पाठक, सम्पर्क समन्वय कमिटी संयोजक श्याम कुमार बस्नेत, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीको पनि उपस्थिति रहेको थियो । यस्तै बागमती प्रदेश उप–सचीव महेश कुमार बर्तौला, सदस्य रामचन्द्र राई, सुभास चन्द्र ठकुरी, नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, पेशागत विशेष जिल्ला कमिटी अध्यक्ष उमेश ढकालको पनि आतिथ्य रहेको थियो ।