Home खेलकुद बागमती प्रदेश खेलकुद प्रतियोगितामा आजबाट विभिन्न खेल हुँदै

बागमती प्रदेश खेलकुद प्रतियोगितामा आजबाट विभिन्न खेल हुँदै

पिप्ले क्याम्पा रंगशाला

हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत आजबाट विभिन्न खेलहरु हुँदैछन् । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन समारोह हिजो भएको थियो । हिजो साँझ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

आज आइतबारदेखि बागमती प्रदेशका ५ जिल्लामा विभिन्न प्रतियोगिताहरु १५ दिनसम्म सञ्चालन हुनेछ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हेटौंडामा पुरुष फुटबल प्रतियोगिता हुनेछ । फुटबल खेल पिप्ले क्याम्पा रंगशालामा हुनेछ । आज पहिलो खेलमा ललितपुर र चितवनबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

Exit mobile version