Home मुख्य समाचार मकवानपुर बहुमुखी क्याम्पसका नयाँ विद्यार्थीलाई स्वागत

मकवानपुर बहुमुखी क्याम्पसका नयाँ विद्यार्थीलाई स्वागत

चौथो सेमेस्टरमा नेपाल प्रथम हुन सफल विद्यार्थी प्रजिता सुवेदीलाई सम्मान गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल ।

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएम तथा बीबीएमा नयाँ भर्ना हुने विद्यार्थीको स्वागत तथा चौथो बर्षको पढाई पूरा गर्ने विद्यार्थीको बिदाई कार्यक्रम भएको छ । आइतबार एक समारोहका बीच स्वागत तथा विदाई कार्यक्रम भएको हो ।

विद्यार्थी सृष्टि बज्राचार्यको अध्यक्षता तथा क्याम्पस सन्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस सेवा समितिका संयोजक वद्रिप्रसाद लम्साल, सन्चालक समितिका सदस्यहरु रघुनाथ खुलाल, अशोक शाक्य, नवराज बिष्ट, राजीव सुवेदी, कृष्ण कुमार गुप्ता अग्रवाल, क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसको बीबीए तथा बीबीएम कार्यक्रमका संयोजक मधुकुमार सिंहले बीबीए तथा बीबीएम कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीका अभिभावक पनि कार्यक्रममा सहभागी थिए । चौथो सेमेस्टरमा नेपाल प्रथम हुन सफल प्रजिता सुवेदीले आफ्नो अनुभव बताएकी थिइन् ।

क्याम्पस सन्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले मकवानपुर क्याम्पसमा विद्यार्थीहरु विशिष्ट हुन विशिष्ट विषय अध्ययन गर्न आएको उल्लेख गर्नुहुँदै स्वागत गर्नुभयो । गुणस्तरीय शिक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पस उत्कृष्ट गन्तव्य भएको पनि अध्यक्ष पौडेलको दावी थियो ।

Exit mobile version