लागूऔषध सहित मोटरसाइकल चालक हेटौंडा वडा नम्बर १५ बस्ने २१ वर्षीय जलजला स्याङ्बो र बकैया गाउँपालिका वडा नम्बर ७ बस्ने २१ वर्षीय आशिष बोम्जन प्रहरीको नियन्त्रणमा ।

हेटौडाः बुधबार साँझ ६ः४५ मा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित मोटरसाइकलमा सवार दुईजनालाई पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सडकखण्डमा सवारी ना ज ८ प ५६५ र ३६ प ६९६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट ५८५ ट्याब्लेट,स्पास्मो प्रोक्सीभोन २८८ ट्याब्लेट गरी जम्मा ८७३ ट्याब्लेट लागुऔषध फेला पारेको थियो ।

हरीले मोटरसाइकल चालक हेटौंडा वडा नम्बर १५ बस्ने २१ वर्षीय जलजला स्याङ्बो र ना ३६ प ६९६१ नम्बरको मोटरसाइकल चालक बकैया गाउँपालिका वडा नम्बर ७ बस्ने २१ वर्षीय आशिष बोम्जनलाई उक्त लागुऔषध, मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुबैजनालाई बिहीबार मकवानपुर जिल्ला अदालतबाट १५ दिन म्याद थपको अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।