हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीकोे आयोजनामा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको क्याम्पस कमिटीका अध्यक्ष छ्योइसाङ लामाले जानकारी दिनुभयो ।
सहिद सप्ताह २०७८ को आयोजनामा उद्घाटन कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम भएको अध्यक्ष लामाले बताउनुभयो । यस्तै डोरी तान्ने, एक सय मिटर दौड, हाजिरीजवाफ प्रतियोगिता, गजल, वक्तृत्वकला प्रतियोगिता, म्याराथुन र चेस लगायतका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने लामाले बताउनुभयो ।