हेटौंडाः भक्तपुरकी साहित्यकार हरिकला उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान समर्पण गरिएको छ । हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा बुधबार बिहान सिस्नुपानी नेपाल मकवानपुर र साहित्य संगम मकवानपुरले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी उप्रेतीलाई नगद २१ हजार एक सय २१ रुपैयाँसहित सम्मान गरेको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षता तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाँस्यव्यंग्यकार मीनप्रसाद लामिछानेको कृति ‘मैले जिउन जानिनँ’ को विमोचन समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले मकवानपुर हाँस्यव्यंग्य साहित्यको उर्वर भूमिका भएको बताउनुभयो ।

कार्यक्रममा भैरव अर्यालको व्यक्तित्वका बारेमा समीक्षक घनश्याम घिमिरेले जानकारी गराउनुभएको थियो । कार्यक्रममा मकवानपुरका अग्रज हाँस्यव्यंग्यकार आरसी रिजाल, वरिष्ठ साहित्यकार तुल्सी थापा, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, भैरव अर्यालकी बहिनी शुभद्रा अर्यालको पनि उपस्थिति रहेको थियो । मकवानपुरका विभिन्न साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा केही हाँस्यव्यंग्य रचना समेत वाचन गरिएको थियो ।