हेटौंडाः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बुधवार बस्ने भएको छ । प्रत्येक साताको सोमबार नियमित बैठक बस्ने भनिए पनि सोमबार बैठक हुन नसकेकोले आज बुधबार बैठक बस्ने भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृृष्ण खनालले जानकारी दिनुभयो ।
मन्त्रीहरुको व्यस्तता र छलफलको विषय तयार नभएकोले बैठक बस्न ढिला भएको बताइएको छ । बैठक आज दिउँसो ३ बजे बस्दैछ ।