हेटौंडाः नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटाले सत्ताका लागि नेकपा एमालेले एमसीसीको च्याँखे नथाप्ने बताउनुभएको छ । शुक्रबार साँझ हेटौंडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता बास्कोटाले नेकपा एमाले परमादेशी सरकारमा सहभागी नहुने उल्लेख गर्नुहुँदै जनादेशको सरकार बनाउन जाने बताउनुभयो ।

एमसीसीका विषयमा एमाले स्पष्ट भएर अगाडि बढेको बताउनुहुँदै अहिले सत्तामा हुनेहरु नै सत्ता, सदन, सडक सवैतिर अवरोध गरेर बसेकोले प्रतिपक्षीलाई दोष देखाउन नपाउने भन्नुहुँदै नेता बास्कोटाले भन्नुभयो, ‘एमालेले प्रतिपक्षमा रहँदै गर्दा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एमसीसी खै भनेर रोष्ट्रममै सोधका थियौं ।’

सदनको अवरोध हट्न सभामुखले गल्ती महसुस गरेर पद त्याग्नुपर्ने या एमालेले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको बटमलाईन भएको बताउनुहुँदै नेता बास्कोटाले भन्नुभयो, ‘सत्तासिन दलबाटै संरक्षित अराजकता मच्याइरहेको उल्लेख गर्नुहुँदै नेता बास्कोटाले नेपालको राजनीतिक अराजकता क्लाइमेक्समा पुगेको दावी गर्नुभयो ।’