फाइल तस्बिर

हेटौंडाः हेटौंडा–८, कमानेमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलअन्तर्गत् दुई खेल सम्पन्न भएको छ । न्यु देवनगर नेवाः युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा मैदा टोल र ओमनगर टोल विजयी भएको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मैदा टोलले सिर्जना टोललाई हराएको छ । मैदाले सिर्जना टोललाई ३–० गोलअन्तरले हराएको हो । यस्तै, दोस्रो खेलमा ओमनगर टोलले विकास टोललाई हराएको छ । ओमनगरले विकासमाथि साँघुरो एक गोलकोे जीत निकालेको न्यु देवनगर नेवाः युवा क्बलका सचिव मदन देउलाले जानकारी दिनुभयो ।

नकआउटका आधारमा भइरहेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल सोमबार हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।