हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले मानवसेवा आश्रममा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । बिहीबार भएको शिविरमा आश्रममा रहेका १ सय ४३ जनाको आँखा जाँच गरिएको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा १६ जना मोतिविन्दुका विरामीहरु पहिचान भएका छन् । मोतिविन्दुका विरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिनेछ । मानवसेवा आश्रमले सडकजीवन बिताउन बाध्य घरबारविहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरोगी, अनाथ, अपांग, अशक्त असाहयहरुलाई संरक्षण प्रदान गर्दै आउनुका साथै यस्ता मानिसहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।
आँखा अस्पतालका नेत्र सहायक कृष्णराज ढुंगानाको नेतृत्वमा गएको टोलीले आँखा जाँच गरेको थियो । टोलीमा हिमालायन क्याटर्यक्ट प्रोजेक्टका अमेरिकी नेत्ररोग विशेषज्ञ डा. न्याट पनि सहभागी थिए ।