हेटौंडाः ८ किलो लागुऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्र कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बधुबार बिहान ११ बजेर ३० मिनेटको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५, चैनपुरमा सुरक्षाजाँच गर्ने क्रममा दर्जीले लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । दर्जीलाई लागुऔषध गाँजासहित पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










