हेटौंडाः चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप २०७८ तत्काल नहुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले तत्काल यो वर्ष प्रतियोगिता नहुने सम्भावना रहेको बताउनुभयो ।
जिल्ला फुटबल संघको चुनावको समय आएको र चैतमा एनएसएल लिग फुटबल प्रतियोगिता हुने हुँदा गोल्डकप तत्काल हुन नसक्ने अवस्था रहेको अध्यक्ष लामाले बताउनुभयो । यस अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुर गोल्डकप आयोजना गर्न तालिकासमेत उपलब्ध गराएको थियो । कोभिड महामारीले पुन भयावह हुन थालेपछि गोल्डकप स्थगित गरिएको अध्यक्ष लामाले बताउनुभयो ।
प्रतियोगिता आगामी जेठमा हुनसक्ने उहाँको भनाई छ । मकवानपुरका स्थानीय तहहरुको आर्थिक सहयोग तथा जिल्ला फुटबल संघ मकवानपुरको व्यवस्थापनमा गोल्डकप आयोजना हुँदै आएको छ ।