हेटौंडाः हेटौंडा—७ स्थित नवज्योति माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरिएको छ । हेटौडा–१५ मा रहेको दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाको लागि सहयोग गरेको हो ।
कक्षा १ देखि १० सम्म अध्ययनरत २७ जना विद्यार्थीको शैक्षिक विकासका लागि छात्रवृत्ति कोष स्थापना भएको नवज्योति माविका शिक्षक ईन्द्र उप्रेतीले जानकारी दिनुभयो । कोषका लागि दिव्यसेवा निकेतनले बुधबार १ लाख २० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको उप्रेतीले बताउनुभयो । उक्त रकमबाट विद्यालयले विद्यार्थीलाई केही दिनपछि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।