हेटौंडाः कोरोना परिक्षणको लागी हेटौंडा स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा मंगलबार १८ जनाले स्वाब संकलन गराएका छन् । ७ जना महिला र ११ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
संकलित स्वाब नमुनाहरु हेटौंडा अस्पतालस्थित पीसीआर प्रयोगशालामा पठाईएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।