हेटौंडाः नगरस्तरीय तेक्वान्दो छनोट भएको छ । शनिबार हेटौंडा–४ स्थित कभर्ड हलमा खेलाडी छनोट गरिएको हो । नगरको तेक्वान्दोका लागि ५ जना पुरुष र ५ जना महिला गरी १० जनालाई छनोट गरिएको छ ।

पुरुषतर्फ ५५ केजीमा विप्लव वाईबा, ५८ केजीमा अनुप राई, ६३ केजीमा कृष्ण बोम्जन, ७४ केजीमा सुरज स्याङ्बो, ८० केजीमा पुजन केसी छनोट भएका छन् । महिलातर्फ ४६ केजीमा रुमिशा राई, ४९ केजीमा निरन्जना राना, ५३ केजीमा रेश्मा खड्का, ५७ केजीमा विविका थापामगर र ६७ केजीमा प्रेरणा लामा चयन भएका छन् । छनोट खेलमा तेक्वान्दो जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष लालकाजी रत्न बज्राचार्य, राष्ट्रिय तेक्वान्दोका अध्यक्ष मदन श्रेष्ठ, प्रशिक्षक माधव कोइरालाको उपस्थिति रहेको थियो ।