Home मुख्य समाचार बागमती प्रदेश सरकारले मनायो प्रजातन्त्र दिवस

बागमती प्रदेश सरकारले मनायो प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवसको अवसरमा बेलुन उडाउनुहुँदै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित मन्त्रीहरु ।

हेटौंडाः बागमती प्रदेश सरकारले ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । शनिबार बिहान प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा प्रजातन्त्र दिवस मनाइएको हो ।

प्रजातन्त्र दिवस समारोहमा सहभागी प्रहरी ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धेरै नेता, कार्यकर्ता र शहीदहरुले रगत बगाएर २००७ सालमा प्रजातन्त्र आएको स्मरण गर्नुभयो । उहाँले क्रान्ति आन्दोलनपछि पुरानो संरचना परिवर्तन हुने भन्नुहुँदै जहानीया राणा शासनको अन्त्य गरेको बताउनुभयो । विभिन्न जनयुद्ध, जनसंघर्ष, सडक आन्दोलन पश्चात २०६२/६३ मा राजतन्त्रलाई अन्त्य गरेको उहाँले बताउनुभयो ।

आज प्रजातन्त्रकै कारण नेपाली जनता स्वतन्त्र हुन पाएको उहाँको भनाई छ । देशमा लोकतन्त्र, राष्ट्रियताको रक्षा र समृद्धिका लागि सबैलाई अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरु, सेना, प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

Exit mobile version