हेटौंडाः प्रजातन्त्र दिवसको अवसरमा कैद माफीका लागि मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३० जनाको नाम सिफारिस गरिएको छ । आज फागुन ७ गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमाफीको घोषणा गर्नुहुनेछ ।
असल आचरण प्रस्तुत गर्ने सकारात्मक सूचीमा रहेका कैदीलाई गणतन्त्र दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा कैदमाफी दिने प्रचलन छ । माघ १७ गते नै कारागार कार्यालयले असल आचारण प्रस्तुत गर्ने ३० जना कैदीको नाम सिफारिस गरिएको भीमफेदी कारागारका निमित्त प्रमुख केदारप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
सिफारिस गरिएकामध्ये केही ज्येष्ठ उमेरका समेत भएको सापकोटाको भनाई छ । भीमफेदी कारागारमा ९ सय ७० कैदीबन्दी छन् । भीमफेदी कारागारमा सवैभन्दा बढी लागुऔषध मुद्दाका कैदीबन्दी छन् भने दोस्रोमा जबर्जस्ती करणीसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।
