हेटौंडाः पछिल्लो २४ घण्टाका मकवानपुर जिल्लामा ४ जनामा संक्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधिबाट ५२ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
अहिले जिल्लामा संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा ५१ जना उपचाररत छन् भने सक्रिय संक्रमितको संख्या ५२ रहेको छ । यसै अवधिमा ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।