प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले मकवानपुर प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार हेटौंडाको बुद्धचोकमा सञ्चालित निशूल्क खोप लगाउने कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सेचनामूलक स्टीकर टाँस्दै तेक्वान्दो खेलका प्रशिक्षक ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले प्रहरीलाई २ हजार थान मास्क, ५० थान फेससिल्ड, ५ सय थान ग्लोव्स, ५ लिटर सेनिटाईजर र आधा लिटरको सेनिटाईजर ६ थान हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शैलेश श्रेष्ठ, तेक्वान्दोका प्रशिक्षक माधव कोईराला, नेपाल तेक्वान्दो संघ केन्द्रका सदस्य दिपेन्द्र चन्द ठकुरीको पनि उपस्थिति रहेको थियो । यसैबीच तेक्वान्दो खेलका पदाधिकारी, प्रशिक्षक, खेलाडीले बुद्धचोकमा सचेतनामूलक स्टीकर टाँस्ने कार्य समेत गरेको छ ।