Home मुख्य समाचार प्रदेशमा साताव्यापी पिपिआर खोप अभियान आजबाट

प्रदेशमा साताव्यापी पिपिआर खोप अभियान आजबाट

हेटौंडाः बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशभर रहेका भेडाबाख्राहरुलाई स्थानीय तहबाट पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान सुुरु गर्ने भएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै आज मंगलबारबाट सुरु हुने खोप अभियान फागुुन २ गतेसम्म सञ्चालन हुने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । प्रदेशले पहिलो पटक खोप अभियान सञ्चालन गरेको बताउँदै सबै स्थानीय तहमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको बताउनुभयो ।

बागमती प्रदेशमा करिब ९३ हजार ६ सय ३९ भेडा, २३ लाख ५१ हजार २ सय १७ बाख्रा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा पिपिआर रोगका कारण वर्षेनी धेरै संख्यामा भेडा बाख्राको मृत्यु भई कृषकहरुले ठूलो क्षति व्यहोर्नु परेको मन्त्रालयले उल्लेख गरेको छ । पिपिआर रोगकै कारण भेडाबाख्रापालन गर्ने कृषक तथा व्यवसायीहरु व्यवसायबाट पलायन हुनसक्ने सम्भावनालाई मध्येनजर गर्दै पिपिआर खोप अभियान ल्याइएको पशु तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. रामप्रकाश प्रधानले बताउनुभयो । प्रदेशमा १ हजार १ सय ३७ वटा खोप केन्द्र र ४ सय ६० वटा भ्याक्सिनेटर रहेको छ । पहिलो चरणमा १ करोड १९ लाख बजेटमा ९० हजार मात्रा खोप आएको र नपुग खोप दोस्रो चरणमा माग गरी ल्याउने प्रधानले बताउनुभयो ।

Exit mobile version