गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–बीरगंज सडकखण्ड अन्तर्गत हेटौंडा–९, मास्टरचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा–१ का ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको छ ।

सोमबार दिनको ४ बजेर २० मिनेटको समयमा हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको बा प्र ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटमा परी गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस प्रहरीकोे नियन्त्रणमा छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।