हेटौंडाः हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौंडा–१९, नेवारपानीमा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौंडा–१० का अन्दाजी ६० वर्षका बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
आइतबार दिनको २ बजेर ५० मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००२ प ६८८० नम्बरको स्कूटरलाई सोही दिशामा रहेको एनएल ०१ एन २९९९ नम्बरको ग्याँस बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा हेटौंडा–११, थानाभ¥याङस्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्कुटरलाई ठक्कर दिने ग्याँस बुलेट प्रहरीको नियन्त्रणमा छ भने चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
