वैज्ञानिक तथ्य– श्वास र मस्तिष्कको सम्बन्धः
पाश्चात्य चिकित्सा विज्ञानले अहिले श्वास गति र मानसिक स्थितिको अन्तरसम्बन्ध बुझिरहेको छ । प्रयोगहरुबाट स्पष्ट भएको छ की श्वास गति अनुसार मुटुको धड्कन पनि बदलिन्छ । साथै मस्तिष्कमा विद्युत प्रवाह पनि परिवर्तन हुन्छ । वैज्ञानिकहरुले देख्दैछन् की श्वास प्रश्वासको मानसिक स्थिति (मुड) मा पनि प्रभाव पर्दछ । ध्यान वा एकाग्रताका प्रयोग गर्नेहरु माथि गरेको अनुसन्धानमा पाइएको छ की एकाग्रताको अवस्थामा श्वासको गति कम हुनुका साथै छालाको प्रतिक्रिया बढ्दछ । जसको सम्बन्ध उत्तेजना कम हुनुको साथमा छ ।
तनाव र श्वासको सम्बन्धः
डा. पिटर स्टेनक्रोनले गरेको प्रयोगमा थाहा पाउनुभएको छ की उनका धेरै तनाव ग्रस्त बिरामीहरुको श्वास प्रश्वास प्रक्रिया छिटो–छिटो र सानो (कम गहिरो) छ । यसलाई उनले अति श्वसन भनेका छन् । यस्तो अति श्वसनको प्रक्रिया उनिहरुले नजानिकनै गरिरहेका हुन्छन् । तनावग्रस्त रहेकाहरुको तनाव यसले झन् बढाउँदछ । पटक–पटक उनिहरुले हाई खाने र दीर्घ श्वास छोड्ने गर्दछन् । उनको गुनासो हुन्छ की “मलाई लाग्छ म राम्ररी श्वास लिइरहेको छैन, पहिले जस्तो सन्तोषकारक अहिले छैन ।”
तनावमुक्तिको उपायः
धेरै उत्तेजित तनावपूर्ण र अवसादग्रस्त बिरामीहरुलाई डाक्टरले कसरी श्वास लिने र छोड्ने सिकाउँदछन् । नियन्त्रित श्वास क्रिया प्राणायामले तनाव कम गर्छ । यस अभ्यासपछि उनिहरु निद्रा ल्याउने चक्की, सामक औषधि र आराम दिने खालका दवाईहरुको उपयोग बन्द गरेको पाईन्छ र अब सामान्य रुपले श्वास क्रिया गर्दछन् ।
भय र उत्तेजनामा श्वासको प्रभावः
एउटा प्रयोगमा डाक्टर स्टेनक्रोनले आफ्नो बिरामीलाई छिटो–छिटो श्वास लिन लगाएको, जसले गर्दा बिरामीको डर र उत्तेजनाको स्थिति फर्केर आएको थियो । फेरी श्वास प्रक्रिया गहिरो र नियमित गरेपछि बिरामीको डर तथा उत्तेजनाका लक्षणहरु गायव भएको थियो ।
योगको श्वास विज्ञान–प्रणायामः
हजारौं वर्षपूर्व हाम्रा ऋषिमुनी र योगीहरुले श्वास र प्राणशक्तिलाई नियन्त्रित गर्ने शास्त्र–प्राणायामको विकास गरेको छ । यसमा श्वासक्रियालाई विस्तारै गर्ने, आरामको अवस्था (कुम्भक) लाई बढाउँदै जाने अभ्यास आउँछ । प्रणायाम क्रियालाई नियन्त्रित गर्ने प्राणेन्द्रीय नियमित भएपछि मनलाई शान्त, आरामदायक र स्थिर बनाउनु सजिलो हुन्छ । यसप्रकार विचलनकारी, नकारात्मक भावना र विचारहरु मनबाट जराबाटै निकाल्न सकिन्छ ।
रोग अनुसार प्राणायामको उपयोगः
प्रत्येक व्यक्तिको शरीर र मनको गठनमा भिन्नता हुन्छ । कुनै पनि दुई व्यक्तिमा समानता हुँदैन । शरीरस्थित शक्तिकेन्द्र (चक्र) को कमजोरी वा संवेदनशीलता अनुसार विशेष अवयव र संस्थानहरुको असामान्य अवस्था वा रोग लक्षण देखिन्छ । यसैले खासखास चक्रमा केन्द्रित गरेर प्रणायामको अभ्यास गर्नुपर्छ । चक्रअनुसार तलदेखि मूलाधार, स्वाधिष्ठान, मजिपुर, अनाहन, विशुद्ध, आज्ञा, र सहस्रारमा मन राखेर श्वास–प्रश्वास (प्रणायाम) का प्रकार क्रमशः पार्थिती, आम्भसी, आग्नेयी, वायवी, आकाशी र मानसी इत्यादी हुन सक्छन् । आफ्नो संस्कार र अनुरुप प्रणायाम चक्रको सल्लाह अनुभती, प्रशिक्षित योगाचार्यले भनिदिनुहुन्छ ।