हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–२, अदुवाखर्ककी २२ वर्षीया प्रमिला योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा घरबाट एक किलोमिटर टाढा रहेको जङ्गलमा घाँस काट्न गएकी योञ्जन चिलाउने रुखबाट लडेर मृत्यु भएको जनाइएको छ । घट्नास्थलमा अहिले प्रहरी टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो ।