‘द सेभेन सेन्स ग्रुप’ ले सहयोग गरेको ज्याकेट लगाएका विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडाका युवा व्यवसायीहरुको समूह ‘द सेभेन सेन्स ग्रुप’ ले जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका–१२, टिस्टुङस्थित नागदह आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

विद्यालयलाई किताब राख्ने झोला हस्तान्तरण गरिँदै ।

शनिबार विद्यालयमै पुगेर विद्यार्थीलाई ज्याकेट, स्कुल व्याग, कपि, पेन्सील, चित्र बनाउने कापी, रंगीन कलम, कक्षामा किताब राख्ने झोला, भलिबल १ थान, फुटबल १ थान सहयोग गरिएको विज्ञान रिमालले जानकारी दिनुभयो । थाहा नगरपालिकाका मेयर लवशेर विष्टको उपस्थितिमा २ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको रिमालले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, अभिभावकको पनि उपस्थिति रहेको थियो । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

‘द सेभेन सेन्स ग्रुप’ मा विज्ञान रिमाल, गोकर्ण सुवेदी, दिपेश जोशी, बसन्त कप्रौला, लाला पौडेल, कुशल रिजाल, रमेश काफ्ले, अविरल गौतम, रोहित शाही, सरोज गहतराज र विनोद महत सदस्य हुनुहुन्छ । वार्षिक रुपमा समूहले विद्यालयमा सहयोग सामग्री हस्तान्तरण गर्दै आएको छ ।