हेटौंडाः शनिबार पनि मकवानपुरमा तोकिएको भन्दा बढी वजन÷ओभरलोड बोक्ने १ सय २ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार मकवानपुरका विभिन्न स्थानबाट टिपरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले हेटौडाका क्रमशः ११, १५ र ६, मनहरी–७, भिमफेदी–१ मा गरेको प्रहरीले सुरक्षाजाँच गर्दा ओभरलोड बोकेको पाइएपछि नियन्त्रण लिएको उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारवाहीको प्राक्रिया सुरु गरिने उहाँले बताउनुभएको छ । उहाँको अनुसार टिपरहरुलाई बढीमा २ हजार रुपैयाँका दरले जरिवाना गराउनेगरी २४ घण्टे पुर्जी काटिने भएको छ ।