फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा बिहिबार ११२ जनाको स्वाब संकलन गरिएको छ ।

गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट कोरोना भाइरस संक्रमण भए, नभएको परिक्षणका लागि ५३ जना महिला र ५९ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संकलन गरिएका स्वाब कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पिसिआर परिक्षण प्रयोगशालामा पठाइएको उहाँले बताउनुभएको छ ।