वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई हिटर हस्तान्तरण गर्नुहुँदै मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई १० वटा इलेक्ट्रिक हिटर हस्तान्तरण गरेको छ ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई हिटर हस्तान्तरण गर्नुभएको हो । आश्रममा ३० जना आश्रित छन् । हिटर हस्तान्तरण कार्यक्रममा १ नम्बर वडा सदस्य वेगम बरालको पनि उपस्थिति रहेको थियो ।