हेटौंडाः राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको बन्ध्याकरण शिविरमा १ सय २१ जनाले सेवा लिएका छन् । नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा परिवार नियोजनको अस्थायी ईम्प्लान्ट र आइयुसिडीको लगाउने कार्य गरिएको हो । राक्सिराङ गाउँपालिकाको ३ स्थानमा अस्थायी बन्ध्याकरणको कार्यक्रम गरिएको हो ।
सरिखेत स्वास्थ्य चौकीमा मंगलबार सञ्चालन गरिएको कार्यक्रममा २२ जनाले ईम्प्लान्ट लगाएको र १९ जनाले पाठेघरको मुखको क्यान्सर जाँच गराएको सिनियर अहेव यामप्रसाद गौतमले जानकारी दिनुभयो । यसैगरी राक्सिराङ–८, देवीटार स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कार्यक्रममा १२ जनाले ईम्प्लान्ट लगाएको, १ जनाले आइयुसिडी लगाएको र १७ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको बताइएको छ ।
राक्सिराङ–६ स्थित काँकडा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कार्यक्रममा ४९ जनाले ईम्प्लान्ट लगाएको र १ जनाले पाठेघरको मुखको क्यान्सर जाँच गराएको सिनियर अहेव गौतमले जानकारी दिनुभयो ।