जिन्दगीमा कहिल्यै रमाउँछु
त कहिल्यै दुख्ने हुन्छु
जिन्दगीमा धेरै कुरा गर्नुछ
आकाशमा उड्ने प्रयास
भराउने र झानेको
भिडमा उभिएकी छु
आत्मविश्वास राखेर
जीवनको बाटोमा हिँडेको छु
उड्ने प्रयास गर्छु
बोकी आमाबुवाको सपना
विश्वास बोकी ठानेकी छु
बनाउँछु सपनालाई विपना
केही गर्न सक्दैनस् भन्नेलाई
केही गरी देखाउनेछु
आफू आकाशमा
उड्ने प्रयास गर्दछु
सानो सानो कुरामा
सिक्दै छु म रमाउन
चरी बनी आकाशमा
मन छ गुनगुनाउन
आमाबुबाको आशीर्वाद लिई
हिँड्दै छु म ठूलो सपना बोकी
केही गर्न सक्दैनस् भन्नेलाई
केही गरी देखाउनेछु