हेटौंडाः हेटौंडा–४, परिजातपथस्थित शिशिर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा शुक्रबार भएको छ । सहकारीका अध्यक्ष मनोज तामाङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सहकारीमा ४ सय ४७ जना सेयर सदस्य रहको सहकारीका अध्यक्ष लामाले बताउनुभयो । सहकारीमा सेयर पुँजी ४४ लाख ७५ हजार ५ सय रुपैयाँ, बचत १ करोड २८ लाख ६३ हजार ९ सय ९७ रुपैयाँ र कुल कर्जा रकम १ करोड २२ लाख ४२ हजार ९ सय ५४ रुपैयाँ रहेको अध्यक्ष लामाले बताउनुभयो । सहकारीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा सेयर सदस्य एक हजार भन्दा बढी बनाउने लक्ष्य लिएको छ ।