फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ ७ र ८ गते गाउँपालिका–७, घमनटोलमा प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ ।

क्लबको सातौं वार्षिकोत्सवको अवसरमा नकआउट प्रणालीमा खेल खेलाइनेछ । जिल्लास्तरीय भलिबल खेलाडी उत्पादनका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने गरिएको छ । अध्यक्ष तिमल्सिनाले प्रतियोगितामा सहभागी टिमका खेलाडीमध्येबाट गाउँपालिकाको टिम छनोट हुने जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्नेछ ।